१५ चैत्र २०८०, बिहीबार
Follow Us

संविधान संशोधनको गृहकार्य हुँदैछ : प्रम

नेपालब्रिटेन संवाददाता
१० पुष २०७५, मंगलवार ११:४८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय जनता पार्टी राजपाका नेताहरुबीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्ता राजपाले वर्तमान सरकारलाई दिएको समर्थन र संविधान संशोधनको विषयमा केन्द्रीत थियो । भेटवार्तामा प्रधानमन्त्री ओलीले संविधान संशोधनको गृहकार्य थाल्ने आश्वासन दिएको राजपा नेताहरुले बताएका छन् ।

राजपाले संविधान संशोधनको प्रतिबद्धता पूरा नगरेको भन्दै वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिँदै आएको छ । राजपा अध्यक्ष मण्डलको संयोजकमा राजेन्द्र महतो चयन भएपछि प्रधानमन्त्री ओलीसँग राजपाको यो पहिलो भेटवार्ता हो । राजपाले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएरै संविधान संशोधनका लागि छठसम्मको समयसीमा दिएको थियो ।