२८ श्रावण २०८३, बिहीबार
Follow Us

निर्मल पुर्जा ‘निम्सदाइ’को अन्त्येष्टि अगस्ट २६ मा गरिने

नेपालब्रिटेन संवाददाता
२८ श्रावण २०८३, बिहीबार १६:२५

लन्डन । पाकिस्तानको ब्रड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’को अगस्ट २६ मा बेलायतमा अन्त्येष्टि गरिने भएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका अनुसार अगस्ट २६ बुधबार बिहान १० बजे बेलायतको डोर्सेटमा पुर्जाको अन्त्येष्टि गरिनेछ ।

अन्त्येष्टि कार्यक्रममा सहभागी हुन चाहने व्यक्ति तथा संघसंस्थाका प्रतिनिधिलाई नाम दर्ता गर्न एनआरएनए यूकेले आग्रह गरेको छ ।

४३ वर्षीय पुर्जाको जुलाई ३० मा पाकिस्तानको ब्रड पिकमा हिमपहिरोमा परी मृत्यु भएको थियो ।

धेरै पढिएको