२८ बैशाख २०८१, शुक्रबार
Follow Us

वेलायतमा ल्होछार (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
१७ पुष २०७५, मंगलवार २१:१२


फडिन्द्र भट्टराई ।

बेलायतमा रहेका विशेषत गुरुङ (तमु) समुदायका नेपालीले ब्यापक हर्षोल्लासका साथ आफ्नो सांस्कृतिक पर्व ल्होछार मनाएका छन्। तमु धि यूकेको प्रमुख आयोजनामा बेलायतमा रहेका बिभिन्न ईकाईलगायतले यहाँका बिभिन्न शहरहरुमा गत सप्तान्त ल्होछार कार्यक्रमको आयोजना गरेका हुन् ।

गत सप्तान्त साउथ ईस्ट र लन्डनको कार्यक्रम पश्चात हिजो बेलायतको रिडीङमा आयोजित प्रमुख कार्यक्रममा बेलायतका तमुहरुले सामुहिक रुपमा उत्साहपूर्वक ल्होछार पर्व मनाएका छन्।

ल्होछार कार्यक्रमकै लागि नेपालबाट आमन्त्रण गरिएका गण्डकी प्रदेशका अर्थ तथा योजना मन्त्री किरण गुरुङले ल्होछारको अवसरमा शुभकामना दिँदै आयोजित कार्यक्रमहरुलाई सम्बोधन गरेका छन्।

गुरूङले आफ्नो मन्तव्यमा संसारभर जहाँ रहे पनि आफ्नो भाषा संस्कृति र पहिचानको संरक्षण गर्नु महत्वपूर्ण रहेको भन्दै तमु धि यूकेले यसप्रति गरेको योगदानको मुक्तकण्ठले प्रशंशा गरेका थिए।

साथै मन्त्री गुरूङले नेपालमा आर्थिक संवृद्धिको यूग शुरु भई सकेको भन्दै सबै गैर आवासीय नेपालीहरुलाई नेपालमा लगानी गर्न समेत आव्हान गरेका थिए।

कार्यक्रमहरुमा गुरूङ जातिको मौलिकता झल्काउने भेष भुषा तथा झाँकीसहितका रंगिन प्रस्तूतीले विशेष सांस्कृतिक रौनक प्रदान गरेको थियो।

बेलायतको ल्होछार सांस्कृतिक कार्यक्रमकै लागि नेपालबाट निम्त्याईएका कलाकार टंक बुढाथोकीले आफ्नो गायन मार्फत दर्शकहरुको बिशेष मायाँ बटुलेका थिए।

बेलायतका लागि नेपाली राजदूत दुर्गा बहादुर सुवेदीको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रतिनिधि तथा गैर तमु समुदायका व्यक्तिहरुको समेत व्यापक उपस्थिति थियो। बेलायतको नेपाली समुदायमा तमुहरुको उल्लेख्य बाहुल्यता रहेको छ।
फोटो: मिलन तमु