१० भाद्र २०८२, मंगलवार
Follow Us

एक हजार लिटर मदिरा नष्ट

nepalbritain news
६ माघ २०७५, आईतवार ०३:१७

बाजुरा । प्रहरीले अवैध मदिरा बरामद गरी नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको टोलीले बडिमालिका नगरपालिका–९ अन्तर्गत मार्तडीको वाउली बजारबाट २०० लिटर अवैध घरेलु मदिरा तथा मदिराजन्य कच्चापदार्थ बरामद आज नष्ट गरिएको प्रहरी नायव उपरीक्षक उद्धव सिंह भाटले जानकारी दिए।

जिल्लाव्यापी अवैध मदिरा नियन्त्रण अभियानमा सक्रिय प्रहरीले तीन महीनाको अवधिमा एक हजार लिटर बराबरको मदिरा बरामद गरी नष्ट गरिसकेको प्रमुख भाटले बताए। शुक्रबार मात्रै जिल्लाको हिमाली गाउँपालिका–५ मा २८० लिटर अवैध मदिरा बरामद गरी नष्ट गरेको प्रहरीले बताएको छ ।

प्रहरीले अवैध घरेलु मदिरासँगै सोफी नामक मदिरा पनि नियन्त्रण गर्ने अभियानमा प्रहरीले विशेष निगरानी बढाएको छ । त्यस्तै बूढीगङ्गा नगरपालिका–८ मा प्रहरीले १०० दर्जनभन्दा बढी सोफी नामक गुणस्तरहीन मदिरासमेत बरामद गरी नष्ट गरिसकेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
डिसी नेपाल

धेरै पढिएको