३० बैशाख २०८१, आईतवार
Follow Us

मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक संसदबाट फिर्ता

नेपालब्रिटेन डट कम्
१३ आश्विन २०७३, बिहीबार ११:३१

काठमाडौं । मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रस्तावित मनमोहन अधिकारी स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक फिर्ता लिने निर्णय गरेको छ । सो विधेयक संसद्मा विचाराधीन थियो ।

त्यसैगरी बैठकले चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स)को नाम परिवर्तन गरी मनमोहन स्मृति चिकित्सा राष्ट्रिय विज्ञान प्रतिष्ठान राख्ने निर्णयलाई स्वीकृति दिएको छ ।

बैठकले संसद्मा विचाराधीन चिकित्सा शिक्षा ऐन पारित नभएसम्म नयाँ सम्बन्धन नदिने निर्णय गरेको छ भने न्याम्सको ऐन संशोधनका लागि संसद्मा पठाउने निर्णयसमेत गरेको स्वास्थ्य मन्त्री गगनकुमार थापाले जानकारी दिनुभयो ।

न्याम्सको नाम परिवर्तनका लागि प्रस्ताव स्वास्थ्यमन्त्री थापाले राख्नुभएको थियो । मन्त्री थापाले बोलाएको न्याम्सको सिनेटको आकस्मिक बैठकले नाम परिवर्तन गर्ने निर्णय गरी स्कीकृतिका लागि पठाएको थियो ।

लामो समयदेखि डा गोविन्द केसीले उठाएका चार मागमध्येको एउटा माग सरकारले पूरा गरेको छ । चिकित्सा शिक्षा र चिकित्सा क्षेत्रको सुधारको चार बुँदे माग राख्दै डा केसी यही असोज १० गतेदेखि नवौँ आमरण अनशनमा हुनुहुन्छ ।