२० बैशाख २०८१, बिहीबार
Follow Us

स्पेनिस ला लिगामा बार्सिलोना विजयी, मेस्सी र सेमेडाले हाने गोल

नेपालब्रिटेन डट कम्
१४ माघ २०७५, सोमबार ०२:४०

म्याड्रिड– लियोनल मेस्सी र नेल्सन सेमेडोले गोल गरेपछि स्पेनिस ला लिगामा बार्सिलोनाले गिरोनामाथि सहज जित हात पारेको छ । आइतबार राती भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा सिमित गिनोनालाई २–० गोलले हराएको हो ।

गिरोनाको घरेलु मैदानमा खेलिएको खेलमा बार्सिलोनाले नवौं मिनेटमा खाता खोलेको थियो । सेमेडोले इभान राकिटिकको पासमा गोलगर्दै बार्सालाई अगाडी बढाए । खेलको ५१औं मिनेटमा बर्नान्डो इस्पिनोसा दोहोरो पंहेलो (रातो) कार्ड पाउँदै बाहिरिएपछि गिरोना १० खेलाडीमा समेटिएको थियो । बार्सिलोनाले त्यसलगत्यै फाइदा उठाएको थियो । ६८औं मिनेटमा गोल गर्दै मेस्सीले बार्सिलोनाको अग्रता दोब्बर बनाए ।

जितसँगै बार्सिलोनाले शीर्षस्थानमा पाँच अंकको अग्रता बनाएको छ । बार्सिलोनाको २१ खेलबाट ४९ अंक पुगेको छ । बार्सिलोनालाई पछ्याइरहेको एट्लेटिको म्यड्रिडको ४४ अंक रहेको छ । गिरोना २४ अंक सहित १३औं स्थानमा छ ।