२८ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रजातन्त्र दिवसमा शुभकामना दिँदै के– के भने ज्ञानेन्द्रले ?

नेपालब्रिटेन डट कम्
६ फाल्गुन २०७५, सोमबार १५:३५

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्रशाहले राष्ट्र दिनप्रति दिन कमजोर बन्दै गएको बताएका छन् ।

सोमबार ६९ औं प्रजातन्त्र दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै शाहले भनेका छन्, ‘राष्ट्रप्रतिको निष्ठामा आएको ह्रास, प्रत्येक यूवामा देश छाड्ने आतूरता र नागरिकको मनमा उत्पन्न हिनताबोधले, राष्ट्र दिन प्रति दिन कमजोर बनिरहेको छ ।’

जनताको हित, सूरक्षा र विकासको मूलभूत साधन नै प्रजातन्त्र भएको भन्दै शाहले सबै अटाउने प्रणाली, सबैको आस्थाको केन्द्र राष्ट्र बन्न नसकेसम्म प्रजातन्त्रले मूर्तरुप लिन नसक्ने उल्लेख गरेको छन् ।

शूभकामना सन्देश

नेपाली दिदीबहिनी तथा दाजूभाइहरु,
प्रजातन्त्र दिवसका अवसरमा आज हामी हाम्रा जिजूबूवा राष्ट्रपिता श्री ५ त्रिभूवन सहित प्रजातन्त्रका निम्ति त्याग, उत्सर्ग र योगदान गर्ने सवैको स्मरण गर्न चाहन्छौं ।
हामी र हाम्रा पूर्खाहरुको पुख्र्यौली आदर्श प्रजातन्त्र हो । सबै अटाउने प्रणाली, सबैको आस्थाको केन्द्र राष्ट्र बन्न नसकेसम्म प्रजातन्त्रले मूर्तरुप लिन सक्दैन । जनताको हित, सूरक्षा र विकासको मूलभुत साधन प्रजातन्त्र नै हो । देश दर्शनको क्रममा हामीले बोध गरे अनूरुप प्रजातन्त्रको त्यस्तो अनूभुति आम नेपालीमा छैन । आम नागरिकमा राज्यका विभिन्न अंगप्रति नैराश्यता, वितृष्णा र अनभि१ता लामो समयसम्म रहिरहनू गम्भिर चिन्ताको विषय बनेको छ । यसरी राष्ट्रप्रतिको निष्ठामा आएको ह्रास, प्रत्येक यूवामा देश छाड्ने आतूरता र नागरिकको मनमा उत्पन्न हिनताबोधले, राष्ट्र दिन प्रति दिन कमजोर बनिरहेको छ । शक्ति पृथकीकरणको सिद्धान्तबाट राज्य व्यवस्था च्युत हून नहूने र दण्डहिनता एवं विधिविहिनताले विकराल स्थितिको सृजना हून नपाउने गरी प्रजातन्त्र सोझासाझा सबै नेपालीको पहूंचमा हूनूपर्दछ भन्ने हाम्रो मान्यता हो ।
त्यसै गरी हाम्रो आफ्नो सनातनीक धर्म, संस्कृति र हाम्रै आफ्नो मौलिक आदर्श एवं मान्यताप्रति धर्मान्तरणको प्रकृयाबा६ आक्रान्त भएको कहालीलाग्दो दस्ूखद अवस्था देखा परेको छ । त्यस्तो जन असहमत कार्यप्रति राज्यको ध्यान जानू पर्दछ भन्ने हाम्रो दृढ धारणा रहेको छ ।
नेपालको भूराजनीतिक अवस्थालाई दृष्टिगत गर्दै हामीले हाम्रो परराष्ट्र तथा मैत्री सम्बन्धलाई सूमधूर, शालीन र सौम्य कूटनीतिक व्यवस्थाद्धारा हामीप्रतिको आधारभूत विश्वसनीयता स्वस्थरुपमा अघि बढाउन सक्नू पर्दछ ।
श्री पशूपतिनाथले हामी सबैको कल्याण गरून् । जय नेपाल ।