४ श्रावण २०८२, आईतवार
Follow Us

स्पेनमा नेपाली दुतावासद्वारा बृहत छलफल कार्यक्रम सम्पन्न

nepalbritain news
७ फाल्गुन २०७५, मंगलवार ०९:१२

स्पेनमा भएका विभिन्न सामाजिक,राजनितिक,बैचारीक संघ संस्थाहरु संग नेपाली दुताबासले बृहत्तर रुपमा छलफल कार्यक्रम सम्पन्न गरेको छ । सोमबार दुताबासको कार्यायमा भएको कार्यक्रममा बुद्धिजिवि,समाजसेवी,पत्रकार लगायतको ब्यापक उपस्थितीमा आगामी दिनहरुमा कसरी सहजीकरण र चुस्त सेवा प्रवाहका सम्बन्ध विभिन्न धारणा राखिएको थियो ।
दुताबासका कार्यबाहक राजदुत हरिहर कान्त पौडेलले सरकारको सुखि नेपाली समृद्ध नेपाल नारालाई सार्थक बनाउन स्पेनमा भएका नेपालीहरुले नेपालको ब्यापार घाटालाई कसरी कम गदै देशमा लगानी भित्र्याउने, देखि पर्यटन,ब्यापार प्रर्वधन गर्न सबै क्षेत्रबाट हात्तेमालो गरी सहयोग गरिदिन आग्रह गरेको बताए ।

नेपाली जनप्रगतिशिल मंञ्चका अध्यक्ष तथा एनआरएनएका स्पेनका पुर्व उपाध्यक्ष समेत अर्जुन आचार्यले नेपालीहरुको परिवार मिलनका देखि बाआमा ल्याउने काममा दिल्ली दुताबासमा काम गर्ने भारतिय कर्मचारी र तिनिहरुको मतियारले नेपालीलाई हेर्ने दृष्टिकोण नियतबस खराब हुदा विचौलीयाले अनाहकमा दुख दिने गरेको आम नेपालीहरुको भनाई राखेका थिए ।
एनआरएनए स्पेनका पुर्व सचिव रामकृष्ण पुडासैनीले भने नेपाल र स्पेनको भुगोल मिल्ने भएकाले ओलिबको नेपालमा खेती गर्न प्रचुर सम्भावना रहेको बताए ।

धेरै पढिएको