४ श्रावण २०८२, आईतवार
Follow Us

तिगेलालाई क्यानडामा स्वागत तथा सम्मान

nepalbritain news
८ फाल्गुन २०७५, बुधबार ०८:१६

क्यानडाको क्यालगरि शहरमा किरात याक्थुङ चुम्लुङ क्यानडाले साहित्यकर्मी तथा समाजसेवी विश्वास दीप तिगेलालाई स्वागत तथा सम्मान गरेको छ ।

क्यालगरिको एक कोरियन रेष्टुरेष्टमा आयोजित भेटघाट कार्यक्रममा चुम्लुङ क्यानडाका अध्यक्ष मविन्द्र नाल्बोले तिगेलालाई खदा लगाई दिएर स्वागत गरे भने भेला भएकाहरु मध्ये जेष्ठ तथा पूर्व कोषाध्यक्ष भिम लिम्बुले क्यानडाको मायाको चिनो प्रदान गरे ।

किरात याक्थुङ चुम्लुङ युकेको सचिव समेत रहेका तिगेलाको स्वागतमा आयोजित रात्रीभोज कार्यक्रममा पूर्व अध्यक्ष वाल नाल्बो, सचिव विश्वराज लुम्फूवा, कोषाध्यक्ष सुरेन्द्र लिम्बु, पूर्व उपाध्यक्ष विजय चेम्जोंग लगायतका उपस्थिती थियो ।

धेरै पढिएको