१ श्रावण २०८२, बिहीबार
Follow Us

जवरजस्ती होली नदल्न आग्रह गर्दा प्रहरीमाथि निर्घात कुटपिट

nepalbritain news
८ चैत्र २०७५, शुक्रबार ०२:२५

युवतीलाई जबरजस्ती होली नदल्न आग्रह गर्दा दाङमा प्रहरी जवानमाथि निर्घात कुटपिट भएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत जितबहादुर चौधरी तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ निवासी हुन्। होली मनाउन बिदा लिएर घर आएका चौधरीलाई युवाहरूको समूहले निर्घात कुटपिट गरेर घाइते बनाएका छन्। उनको तुलसीपुरस्थित सिटी हस्पिटलमा प्रारम्भीक उपचार पछि थप उपचारको लागि बिहीबार दिउँसो बाँके रेफर गरिएको छ।

घाइते चौधरीको दिदी सीता चौधरीले आफ्नो साईला बुवाको छोरी शोभालाई १०/१२ जनाको संख्यामा आएका युवाले बलजफती लखेटी लखेटी होली दल्न थालेपछि प्रहरी जवान चौधरी छुटाउन गएको समयमा कुटपिटमा परेका थिए।

‘बहिनीलाई लखेट्दै लगेको देखेपछि भाइ पनि त्यस्तो नगर्न भन्दै पछिपछि गएको थियो,’ दिदी सीताले सेतोपाटीसँग भनिन्, ‘खोलाको पुल नजिक पुगेपछि ती युवाहरुले कुटपिट गरि पुलबाट फालिदिए।’

एक पक्राउ

यसैबीच प्रहरीले कुटपिटमा संलग्न एक स्थानीय युवालाई प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवम् डिएसपी प्रेमबहादुर शाहीले १८ वर्षीय केशर बस्नेतलाई पक्राउ गरिएको जानकारी दिए। शाहीका अनुसार र माधव वलीलगाएका युवाहरु फरार छन्।
सेतोपाटी

धेरै पढिएको