३१ बैशाख २०८१, सोमबार
Follow Us

चिट चोरीको आरोपमा एक पक्राउ

नेपालब्रिटेन डट कम्
९ चैत्र २०७५, शनिबार १०:५५

काठमाण्डौं । एसईई परीक्षाको तयारीमा रहेका एक विद्यार्थी शनिबार चोरीको आरोपमा पक्राउ परेका छन् । एसईसी परीक्षा भोलि आइतबारदेखि सुरु हुँदैछ ।
विभिन्न स्थानमा चोरी गरेको ओरोपमा बाग्लुङ्गको धम्जा प्रहरी चौकीले काठेखोला– ६ सैरेनी निवासी १५ बर्षिय बुद्धि सुनारलाई पक्राउ गरेको हो । प्रहरीले सोही गाउँपालिका ५ देउराली निवासी २७ बर्षिय हर्कबहादुर सुनार ( मीठु ) लाई पनि पक्राउ गरेको छ।

बुद्धि एसईई परीक्षा दिन बिहुस्थित भिमसेन माविबाट परीक्षा दिने तयारीमा जुटेका थिए । धम्जा चौकी इन्जार्ज प्रहरी सहाय निरीक्षक गजेन्द्रबहादुर थापाका अनुसार चैत्र ३ गते काठेखोला गाउँपालिका–६ , बिहु हटियाका छविलाल कँडेलको पसल फोडेर उनिहरुले ५२ हजार मुल्यको रिचार्ज कार्ड र ५ हजार नगद चोरी गरेको आरोपमा पक्राउ गरिएको हो ।