१ श्रावण २०८२, बिहीबार
Follow Us

स्काइभेटर दुर्घटनामा चालकको मृत्यु

nepalbritain news
११ चैत्र २०७५, सोमबार ०३:२०

संखुवासभा । जिल्लाको सभापोखरी गाउँपालिका ४ खेवरिङ बाह्रबिसे बजारमा बाटो खन्ने क्रममा स्काईभेटर दुर्घटना हुँदा चालक सिन्धुपाल्चोक जुगल गाउँपालिका १ बस्ने २१ वर्षीय पतरुस श्रेष्ठको आइतबार बिहान मृत्यु भएको छ।

स्काइभेटरले बाटो खन्ने क्रममा माथिबाट अचानक ढुङगा झरेर स्काइभेटर करिब ३० मिटर तल खसेर दुर्घटना हुँदा श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
डिसी नेपाल

धेरै पढिएको