१५ बैशाख २०८१, शनिबार
Follow Us

विप्लव समूह र प्रहरीबीच गोली हानाहान

नेपालब्रिटेन डट कम्
१२ चैत्र २०७५, मंगलवार १६:०७

अछाम – सुदूरपश्चिम प्रदेशको अछाममा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ता र प्रहरीबीचगोली हानाहान भएको खबर छ।

रामारोशन गाउँपालिकाको बाटुलासैनमा विप्लव समूहका कार्यकर्तालाई पक्राउ गर्ने क्रममा मंगलबार दिउँसो दोहोरो गोली चलेको हो। यद्यपी दुबै पक्षमा कुनै क्षति भएको छैन । तर विप्लवका ४ कार्यकर्ता पक्राउ परेको छन।
पक्राउ पर्नेमा अखिल क्रान्तिकारीका जिल्ला कोषाध्यक्ष सुरेश रावत, युवा संगठनका जिल्ला सदस्य सुरेश साउद, अनेम संघ क्रान्तिकारीका भूमिसरा धामी, युवा संगठनका राजेन्द्र धामी रहेका छन्।

विप्लव समूहबाट पहिला गोली चलेपछि प्रहरी गोली चलाउन बाध्य भएको प्रहरीको भनाइ छ।