१५ बैशाख २०८१, शनिबार
Follow Us

जब विमानले रन–वे भुल्यो

नेपालब्रिटेन डट कम्
२ बैशाख २०७६, सोमबार ०२:४६

काठमाडौं – नेपालका पहाडी र हिमाली भेगमा मात्रै उडान भर्दै आएको समिट एयरको टर्बोलेट विमान आइतबार उडानका क्रममा दुर्घटना हुँदा कोपाइलटसहित तीन जनाको मृत्यु भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीका अनुसार लुक्ला विमानस्थलबाट मन्थली (रामेछाप) का लागि उड्ने क्रममा धावनमार्ग छाडी दाहिनेतर्फ मोडिएर विमानले दुई हेलिकप्टरलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा ३४ वर्षीय कोपाइलट सुजित ढुंगाना, हेलिप्याडमा रहेका पर्यटन प्रहरीका असई रामबहादुर खड्का र अर्का नेपाल प्रहरीका असई रुद्रबहादुर श्रेष्ठको मृत्यु भएको छ । दुई जनाको घटनास्थलमै र असई श्रेष्ठको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको हो । कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।