१५ बैशाख २०८१, शनिबार
Follow Us

भ्रष्टाचारको ओझेलमा उपलब्धि, यी हुन् लोकतन्त्रपछिका १० ठूला काण्ड

नेपालब्रिटेन डट कम्
११ बैशाख २०७६, बुधबार ०२:५७

काठमाडौं – डेढ दशक लामो प्रजातान्त्रिक कालखण्डको भ्रष्टाचार र बेथितिप्रति प्रायश्चित्त गर्दै प्रमुख दलहरूले त्यस्तो गल्ती नदोहोर्‍याउने प्रतिबद्धता जनाएका थिए । सशस्त्र संघर्षको माध्यमबाट राजनीतिको मूलधारमा आएको तत्कालीन माओवादीले आफ्नो प्रमुख नारामा भ्रष्टाचारविरोधी विषयवस्तु समावेश गरेको थियो ।

तर केही वर्षमै यी भाषण र प्रतिबद्धता झूटा सावित भए । लोकतन्त्रपछिको १४ वर्ष लेखाजोखा गर्ने हो भने प्रजातान्त्रिक कालखण्डमा भन्दा बढी भ्रष्टाचार भएका छन् । पछिल्ला केही वर्ष हेर्ने हो भने अर्ब रुपैयाँको आकारभन्दा ठूला अनियमितता गणना गर्न औंला नै पुग्दैन । त्यस्ता अनियमिततामा संलग्नलाई कुनै कारबाही नगरी दण्डहीनतालाई मलजल गर्ने काम भइरहेको छ ।
आजको कान्तिपुर दैनिकमा सुडानकाण्ड, लडाकु भत्ताकाण्ड, नक्कली भ्याट बिल, लोकमान प्रकरण, फर्जी श्रीमान् , एनसेल काण्ड, कर फर्स्योट आयोग, आयल निगम जग्गाकाण्ड, वाइडबडी प्रकरण र जग्गामा लुट गरी १० अनियमितताका काण्डबारे समाचार छापिएको छ ।