१६ बैशाख २०८१, आईतवार
Follow Us

धनगढीबाट बझाङ जाँदै गरेको बस डडेल्धुरामा दुर्घटना, ५ जनाको मृत्यु ,२५ जनाभन्दा बढी घाइते

sarusaru
११ बैशाख २०७६, बुधबार ०३:०१

काठमाडाैं। डडेल्धुरामा बस दुर्घटना हुँदा ५ जना मृत्यु भएको छ। भीमदत्त राजमार्गअन्रगत जिल्लाको गन्यपाधुरा गाउँपालिका–१ को साहुखर्क नजिकै बुधबार बिहान पौने ५ बजेतिर बस दुर्घटना भएको हो। मृतककाे सनाखत हुन सकेको छैन । २५ जनाभन्दा बढी घाइते भएका छन् ।

५ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएकाे छ। धनगढीबाट बझाङका लागि छुटेको ना ६ ख १८३१ नम्बरको यात्रुबाहक बस दुर्घटनामा परेको हो। प्रहरी घटनास्थल पुगेर घाइतेहरु उद्धार गरिरहेको बताइएको छ।
डिसी नेपाल