२२ बैशाख २०८१, शनिबार
Follow Us

मेलम्चीमा एडीबीको सर्त : पहिले काम अनि सहयोग

नेपालब्रिटेन डट कम्
२६ बैशाख २०७६, बिहीबार ०३:१९

काठमाडौँ – एसियाली विकास बैंक (एडीबी) ले मेलम्ची खानेपानी आयोजनाको सुरुङको काम अघि नबढेसम्म याङ्ग्री र लार्के खोलाको पानी ल्याउन आर्थिक सहायता नदिने जनाएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयलाई पत्र पठाई एडीबीले उक्त जानकारी दिएको हो ।

मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले पहिलो चरणको काम अघि नबढ्दा अन्योल सिर्जना भएको बताए । ‘एडीबीले पत्राचार नै गरिसक्यो,’ उनले भने, ‘याङग्री र लार्केसमेत प्रभावित हुने भयो ।’ सुरुङका साथै याङ्ग्री र लार्केको काम सँगै अघि नबढाएसम्म एडीबीले सहयोग नदिने संकेत दिएको भन्दै उनले बन्द काम चाँडो सुचारु गरिने बताए । यसबारे मन्त्रिपरिषद् बैठकले चाँडै टुंगो लगाउने उनले बताए ।कान्तिपुर दैनिकमा खबर छ ।