२३ बैशाख २०८१, आईतवार
Follow Us

इंग्लिस प्रिमियर लिग च्याम्पियन म्यान्चेस्टर सिटी

नेपालब्रिटेन डट कम्
२९ बैशाख २०७६, आईतवार २२:२४

लन्डन — म्यान्चेस्टर सिटीले आइतबार इंग्लिस प्रिमियर लिग जितेको छ । डिफेन्डिङ च्याम्पियनका रूपमा पेप ग्वार्डिओलाको सिटीले उपाधि रक्षा गरेको हो । यसका लागि उसले ब्राइटन एन्ड होभलाई सजिलै ४–१ ले हरायो ।

लिगको अन्तिम निर्णय उपाधिको छिनोफानो भएको हो र यसक्रममा सिटीलाई लिभरपुललाई दोस्रो स्थानमा चित्त बुझाउन बाध्य पार्यो । लिभरपुलले भने उल्भ्सलाई २–० ले पराजित गर्यो । सिटीको ९२ अंक भयो भने लिभरपुल एक अंकको दूरीमा रह्यो । यस्तै चेल्सी तेस्रो र टोटनहम चौथो स्थानमा रह्यो ।

चेल्सीले लेस्टर सिटीसँग गोलरहित बराबरी खेल्यो भने टोटनहमले एभरटनसँग २–२ को बराबरी खेल्यो । अरू दुई महत्वपूर्ण खेलमा आर्सनलले बर्नलीलाई २–१ ले पन्छायो । यस्तै म्यानचेस्टर युनाइटेड भने रेलिगेसमा परिसकेको कार्डिफसँग२–१ ले पराजित रह्यो ।