१५ बैशाख २०८१, शनिबार
Follow Us

घुसकाण्डमा मुछिएका अख्तियारका पूर्वआयुक्त पाठक अदालतको कठघरामा

नेपालब्रिटेन डट कम्
१ जेष्ठ २०७६, बुधबार ०८:३८

काठमाडौं–घुसकाण्डमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक बुधबार विशेष अदालतमा हाजिर भएका छन् ।

चैत दोस्रो साता पाठकविरुद्ध आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
पाठकको विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मीसहित न्यायाधीशहरु द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठको संयुक्त इजलासमा बयान भइरहेको छ ।

नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपानेसँग ७८ लाख रुपैयाँ घूस लिएको अभियोग पाठकमाथि छ ।