१९ बैशाख २०८१, बुधबार
Follow Us

त्रिवि सेवा आयोगले सञ्चालन गरेको खुला परीक्षामा

नेपालब्रिटेन डट कम्
२ जेष्ठ २०७६, बिहीबार ०३:१९

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय सेवा आयोगले सञ्चालन गरेको खुला परीक्षामा अनियमितता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रारम्भिक निष्कर्ष निकालेको छ । आयोगले सञ्चालन गरेको परीक्षामा पदाधिकारी र कर्मचारीका नातेदार तथा आफन्तलाई उत्तीर्ण गराइएको भन्दै उजुरी परेपछि अख्तियारले अनुसन्धान थालेको थियो ।

‘भेटिएका केही तथ्यांकले गम्भीर अनियमितता संकेत गरेका छन्,’ अख्तियार स्रोतले भन्यो, ‘प्रारम्भिक छानबिनमा रहेको फाइल तत्काल विस्तृत अनुसन्धानमा गइहाल्छ । थप कागजपत्र हेरेर छानबिन गर्दै छौं ।’ अख्तियार प्रवक्ता प्रदीप कोइरालाले त्रिभुवन विश्वविद्यालयबाट केही कागजात अख्तियारले नियन्त्रणमा लिएको जानकारी दिँदै छानबिन चलिरहेको बताए । कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।