१८ बैशाख २०८१, मंगलवार
Follow Us

बम बिस्फोटमा विप्लवको संलग्नता : प्रहरी

नेपालब्रिटेन डट कम्
१२ जेष्ठ २०७६, आईतवार १३:५४

काठमाडौंमा लगातार विस्फोट, ३ जना मारिए

राजधानीको सुकेधारा र अनामनगरमा विस्फोट भएको छ । विस्फोटमा परी ३ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार बुढानिलकण्ठ नगरपालिका–४ ढलाने पुल नजिक एक सैलुन पसलमा ग्यास सिलिण्डर विस्फोट हुँदा २ जनाको मृत्यु भएको हो ।

१ जनाको घटनास्थलमै र अर्का एकको उपचारका क्रममा चावहिलस्थित ओम अस्पतालमा मृत्यु भएको जनाइएको छ ।

सुकेधाराको विस्फोटमा अन्य ४ जना घाइते छन् । घाइतेमध्ये ३ जनाको ओम अस्पताल र १ जनाको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै अनामनगरमा भएको विस्फोटमा पनि १ जनाको मृत्यु भएको छ । उक्त विस्फोटमा अन्य २ जना घाइते भएका महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
सो बिस्फोटनमा विप्लव माओवादीको संलग्नता रहनेको प्रहरीले जनाएको छ ।