काठमाडौं– मंगलबार छापावाल सुनको भाउ तोलामा २ सयले बढेर ६१ हजार ७०० मा कारोबार भइरहेको छ । सोमबार सुनको भाउ ६१ हजार ५०० मा कारोबार भएको थियो ।
यस्तै तेजावी सुन ६१ हजार ४०० मा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ तोलामा रु ७१० मा कारोबार भइरहेको छ ।