१८ बैशाख २०८१, मंगलवार
Follow Us

महाअभियोग अविश्वासको प्रस्तावजस्तो होइन : पौडेल

नेपालब्रिटेन डट कम्
१२ कार्तिक २०७३, शुक्रबार १३:२६

बर्दिया । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीउपर लगाइएको महाअभियोगबारे निष्पक्ष छानबिन जरुरी रहेको बताएका छन् ।

शुक्रबार बर्दिया कांग्रेसले गुलरियामा आयोजना गरेको कार्यक्रममा उनले महाअभियोगको कुरा अविश्वासको प्रस्तावजस्तो होइन भन्दै ‘न्यायिक प्रक्रियाबाट सुल्झाउनु पर्छ’–भने ।

महाअभियोग सिफारिस समितिले गर्ने छानबिनको आधारमा कांग्रेसले निर्णय लिने पौडेलको भनाइ थियो ।