१५ बैशाख २०८१, शनिबार
Follow Us

अफ्रिकामा देउसी भैलो खेल्दै मनाइयो तिहार

नेपालब्रिटेन डट कम्
१४ कार्तिक २०७३, आईतवार १९:२७

लेगोस, नाइजेरिया।

नाइजेरियाको लेगोसमा गैरआबाशिय नेपाली संघको नाइजेरिया राष्ट्रिय समन्वय समितिले हरेक बर्ष झै यस् बर्ष पनि लेगोसको अपापामा देउसी भैलो खेलेर तिहार मनाएको छ। संघका अन्तरराष्ट्रिय समितिका कोषाध्यक्ष हिक्मत थापाको उपस्थितिमा आयोजित कार्यक्रमको संयोजन अन्तरराष्ट्रिय समन्वय समितिका सदस्य चिरन्जिबी रोकाले गरेका थिए । देउसी भैलोमा संघका सचिब रोशन थापा , विश्वाश पौडेल , गंगासागर श्रेष्ठ, ईन्द्र टण्डन , अभिशेक सिंह, बुधराम महतो,मदन बोहरा, मन थापा,अन्जु पौडेल,अर्चना सिंह लगाएत सदस्य हरुको सहभागीता थियो ।
उक्त देउसी भैलो कार्यक्रमबाट नेपाली रु सत्तरी हजार संकलन गरिएको र उक्त रकम संघले गर्ने कुनै परोपकारी सामाजिक कार्यमा नेपालमा पठाउने जनाइेएको छ ।

2