३० असार २०८२, सोमबार
Follow Us

नगरसभामा अवरोध पुर्याएको भन्दै उद्योग वाणिज्य सङ्घका अध्यक्ष पक्राउ

sarusaru
१९ असार २०७६, बिहीबार ०२:१६

कैलाली । कैलालीको अत्तरिया उद्योग वाणिज्य सङ्घका अध्यक्ष अशोक देवकोटासहित तीन जनालाई आज प्रहरीले पक्राउ गरेको छ।

केही दिनअघि अत्तरियामा गोदावरी नगरपालिकाको नगरसभा सञ्चालन भइरहेको अवस्थामा अवरोध पुर्याएको आरोपमा सार्वजनिक अपराधको मुद्दा दर्ता गरिएपछि प्रहरीले उनीहरुलाई आज पक्राउ गरेको हो।

मुद्दा लगाइएको विषयमा सत्य तथ्य सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनबाटै उनीहरु परेका हुन्। पक्राउ पर्नेमा सङ्घका सदस्य विपीन कुमार साउँद र व्यापारी दिनेश विष्ट पनि छन्।

नगरसभामा अवरोध गरेको आरोपमा नगरपालिकाको कार्यालयले अध्यक्ष देवकोटासहित सचिव शङ्कर खड्का, सदस्य साउद, रवीन्द्र खनाल, व्यापारीहरु राजेन्द्र बोगटी, केशव न्यौन्याल, विष्ट र मोहन पाठकविरुद्ध मुद्दा दर्ता गरेको थियो।

गोदावरी नगरपालिकाको नगरसभामा व्यापारीले आफ्नो कुरा राख्न पाउनुपर्ने भन्दै विरोध गरेका थिए।
डिसी नेपाल

धेरै पढिएको