१५ बैशाख २०८१, शनिबार
Follow Us

पत्रकार नरेन्द्र बस्नेतको तीज कोसेली रुन बरी लै सार्वजनिक (भिडियो)

नेपालब्रिटेन डट कम्
२७ असार २०७६, शुक्रबार १५:३८

लण्डन । हिन्दू नेपाली नारीहरुको तीजको अवसर पारेर पत्रकार नरेन्द्र बस्नेतको तीजको कोसेली “रुन बरी लै” गोर्खा अनलाइन रेडियो यूकेको आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ ।

यस अघि पनि नरेन्द्र बस्नेतले पापी घरैमा, चिटिक्कै मलाई सुहायो जस्ता लोकप्रिय गीतहरु सार्वजनिक गरिसकेका छन् । गायिका कला पंगेनी र गायक खुमन अधिकारीको स्वर तथा नरेन्द्र बस्नेतको लय शब्द रहेको उक्त गीतलाई केशव बडुले एरेन्ज गरेका हुन् ।

गीतको म्यूजिक भिडियोमा शंकर बीसी को निर्देशन रहेको छ भने शंकर बिसी र रीना थापा मगरले अभिनय रहेको छ ।

तेस्तै गरि भिडियोमा मधुर बस्नेतको छायांकन, नबिन घर्ति मगरको सम्पादन र मेघराज बस्नेतको शृंगार रहेको छ । गीतलाई मारुनी रेकर्डिंग स्टुडियोमा रेकर्ड गरिएको हो ।