१८ बैशाख २०८१, मंगलवार
Follow Us

प्रदेश २ को मन्त्रीहरुले बाढी पीडितलाई एक महिनाको तलब दिने

नेपालब्रिटेन डट कम्
१ श्रावण २०७६, बुधबार ०७:३१

जनकपुरधाम । प्रदेश नम्बर २ को मन्त्रिपरिषद् सदस्यले बाढी पीडितलाई एक महिना तलब दिने भएको छ।

अविरल वर्षा र बाढीले प्रभावित परिवारको राहतको लागि प्रदेश नम्बर २ का मुख्यमन्त्रीदेखि राज्यमन्त्रीसम्मले एक महिनाको तलब दिने भएका हुन् ।

मङ्गलवार बसेको मन्त्रिपरिषदको बैठकले राहत, उद्धार तथा पुनःस्थापनालाई तीब्र बनाउने निर्णय गर्दै एक महिना बराबरको तलब राहत कार्यमा लगाउने निर्णय गरेको हो ।
बैठकले प्रदेशका सबै मन्त्री , राज्यमन्त्री र प्रदेशसभा सदस्यहरुलाई आ–आफनो क्षेत्रमा गई राहत कार्यमा जुटन पनि आग्रह गरेको छ ।
बाढीले प्रभावित परिवारहरुलाई राहत कार्यमा कुनै कमी हुन नदिन प्रदेशका प्रमुख सचिव दिपक सुवेदीको संयोजकत्वमा सबै मन्त्रालयका सचिव रहने गरि राहत आपूर्ति तथा अनुगमन समिति समेत बैठकले गठन गरेको छ ।