१५ बैशाख २०८१, शनिबार
Follow Us

नेपाल तरुण दल बेलायतको अन्तक्र्रिया सम्पन्न

नेपालब्रिटेन डट कम्
१७ कार्तिक २०७३, बुधबार ०८:५०

काठमाडौं । नेपाल तरुण दलको ६३औ स्थापनाको दिवसको उपलक्ष्यमा नेपाल तरुण दल बेलायतले अक्टोबर ३० तारिखका दिन नर्थहोल्ट स्थित ब्लु अर्किड रेस्टुरेन्टमा “संघियता, लोकतन्त्र र राष्ट्रिय एकतामा नेपाली युवाहरुको भूमिका” बिषयक अन्तरक्रिया कार्यक्रम शाखाका अध्यक्ष बिश्व घिमिरेको सभापतित्वमा सम्पन्न गरेको छ । अन्तरक्रिया कार्यक्रममा नेपाली कांग्रेस पूर्व केन्द्रिय बिभाग सदस्य तथा महाअधिवेसन प्रतिनिधि बिज्ञान प्रसाईले नेपाली जनसम्पर्क समिति बेलायतमा केहि कमि कमजोरी रहेको आफुले महसुस गरेको बताउदै यसको निराकरणको लागि नेपाल तरुण दल बेलायतले यसमा महत्वपूर्ण भूमिका खेल्न सक्ने विचार ब्यक्त गर्नु भएको थियो । त्यस्तै गरी अर्का महाअधिवेसन प्रतिनिधि महेस कुमार दाहालले एनआरएन हरुको लागि सरकार र राजनैतिक दलका नेताहरुले पक्ष्यपात गरेको विचार व्यक्त गर्दै त्यसका समाधानका लागि तरुण दलले पनि आफ्नो स्थान बाट सक्दो पहल गर्नु पर्ने विचार ब्यक्त गर्नु भएको थियो ।
अन्तरक्रिया कार्यक्रममा चिरन्जीवी ढकालले पदका लागि भन्दा सेवाका लागि राजनीति गर्न प्रेरित गर्दै तरुण दलले युवाहरुलाई समेटेर जाँदा नेपाली जनसम्पर्क समितिको एकताको लागि महत्वपूर्ण भूमिका खेल्न सक्ने विचार व्यक्त गर्नु भएको थियो, भने नेपाली जनसम्पर्क समिति बेलायत कि नेत्री तथा एनआरएन बेलायतकी उपाध्यक्ष कुमारी गुरुङले जनसम्पर्क समिति बेलायतमा नयाँ नेतृत्व हुनु पर्ने कुरामा जोड दिनुहुँदै यसका लागि तरुण दल बेलायतले आफ्नो तर्फ बाट सक्दो भूमिका खेल्नु पर्ने बताउनु भयो । त्यसैगरि कार्यक्रममा बेद राज पराजुलीले राजनीति पदका लागि नभएर सेवाका लागि गर्न प्रेरित् गर्दै छलफलद्वारा समस्याको समाधान गर्न सुझाव दिनु भएको थियो भने अर्का बक्ता प्रवेस केसीले आफु तेह्र वर्ष देखि सक्रिय रहेको विचार राख्दै जनसम्पर्क समितिमै रहेर यसको निकास खोज्ने विचार व्यक गर्नु भएको थियो । अन्तरक्रिया कार्यक्रममा पत्रकार एभरेष्ट गौतमले रास्ट्रीय सरोकारको बिषय लगायत बेलायतमा युवाहरुको समस्या र त्यसको समाधानमा तरुण दलले पहल गर्नु पर्ने विचार ब्यक्त गर्नु भएको थियो ।
नेपाल तरुण दल बेलायतका अध्यक्ष बिस्व घिमिरेले नेपाल तरुण दल बेलायत नेपाली कांग्रेस लाई बलियो बनाउनका लागि नेपाली जनसम्पर्क समिति बेलायत, नेबि संघ बेलायत का साथ सम्पूर्ण भात्री संस्था संग सहकार्य गर्न तयार रहेको बताउनु हुँदै नेपाल तरुण दल बेलायत लाइ हर-सम्भव सहयोग को लागि आवहान गर्नु भयो । साथै विभिन्न ब्यक्तिबिशेसले उठाएको संस्थाको वैधानिकता माथिको प्रस्नको जवाफमा नेपाल तरुण दल केन्द्र र केन्द्रिय समितिसंग भएको पत्रचार र निर्देशन पत्र देखाउंदै र साथै केन्द्र बाट आएको शुभकामना संदेश सुनाउंदै, आफुलाई केन्द्रले पूर्ण अधिकार प्रदान गरेको कुरा सप्रमाण पुस्टि गर्दै कुनै गुट र उपगुट नभनी सबैलाई समेटर कार्यसमिति बिस्तार गर्ने र चाडै नै नया युवा-मुखी कार्यक्रम लिएर आउने बताउनु भएको थियो । साथै चाडपर्बको समयमा पनि कार्यक्रममा उपस्थित हुनुहुने सम्पूर्ण व्यक्तित्वहरु, कार्यसमितिका सदस्यहरु तथा कार्यक्रममा उपस्थित हुन नसक्नु भएका जनसम्पर्क समितिका पदाधिकारीहरु, सल्लाहाकारहरु, क्षेत्रीय सभापतिहरु तथा अन्य नेताहरुको शुभकामना सुनाउनु हुँदै उहाँहरु लाई धन्यवाद दिनुभएको थियो । कार्यक्रममा पंकज प्रधान, शंकर श्रेष्ठ, सुमन चालिसे, हर्क नन्द लिम्बुले तरुण दलको भूमिकाको बारेमा प्रकाश पार्दै भाबी कार्यक्रमको लागि सहयोग गर्न आफुहरु तयार रहेको कुरा व्यक्त गर्नु भएको थियो ।