१५ बैशाख २०८१, शनिबार
Follow Us

वर्षाका कारण पहिरो जादाँ गुल्मीमा ६ जनाको मृत्युु

नेपालब्रिटेन डट कम्
७ श्रावण २०७६, मंगलवार ०५:४३

बुटवल साउन ७ ससोमवार साझँदेखि परेको अविरल वर्षाका कारण पहिरो जादाँ गुल्मीमा ६ जनाको मृत्युु भएको छ । यस्तै ५ जना हराईरहेका छन । जिल्लाको सत्यवती गाउँपालिका ४ लिम्घाका स्थानीय छविकला विक,धन बहादुर विक र पम्फा विकको घर पहिरोले पुर्दा ४ जनाको शव देखिएको स्थानीय ठग प्रसाद ज्ञवालीले जानकारी दिएका छन । यस्तै पहिरोमा अन्य ५ जना हराईरहेको वताईएको छ ।

राति घरमा सुतीरहेको अवस्था माथिवाट पहिरोले तीन घरहरु वगाएर करि ५० मिटर तल पुराएको छ । पानी परिरहेकाले उद्वार गर्न कठिनाइ भएको गाउपालिका अध्यक्ष पारिश्वर ढकालले वताए । राति घरमा भल पस्दा गाउँपालिका ३ ठुलो लुम्पेकका तिल बहादुर त्रामुकी श्रीमती ३० बर्षीय तिलकुमारी त्रामू , उनका छोरा बर्ष १० का दर्शन त्रामुको मृत्यु भएको स्थानीय जित बहादुर त्रामुले जानकारी दिए। उनकी १२ बर्षीया छोरी करिष्मा र १४ बर्षकी छोरी धनी त्रामु घाइते भएका छन ।

अबिरल बर्षा भईरहेका र ठाउँ ठाउँमा पहोका कारण सडक अवरुद्ध हुदा प्रहरीको टोली त्यसतर्फ पुग्न सकेको छैन । बाटोमा पहिरो गएका कारण पनि घटनास्थलमा जान समय लागेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । घटना स्थलमा जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायब उपरीक्षक मिन घलेको नेत्तृवमा प्रहरीको टोली त्यस तर्फ गएको छ । यता गुल्मी जिल्लाका प्रमुख जिल्लाअ अधिकारी यदुनाथ पौडेलका अनुसार उद्धारका लागि प्रहरीको टोली संगै स्थानीय लागेको र उपचारका लागि स्वास्थ्यको टोली पुगेको जानकारी दिए।