लन्डन– बेलायतको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मानिने ‘मिस इंग्ल्याण्ड’ मा नेपाली मुलकी युवतीले प्रभावशाली उपस्थिति जनाएकी छिन् आवेदन दिएका २२ हजारलाई उछिनेर प्रतिस्पर्धाको फाइनलमा पुग्न सफल भएकी प्रतिष्ठा ‘तृष’ राउत प्रिजेन्टर राउण्डमा पहिलो भएकी छन् । उनले नेपालमा गएको भुकम्पको विषय बस्तु बनाएर आफुलाई टिभी प्रिजेन्टरको रुपमा प्रस्तुती गरेकी थिइन् ।
सेमिफाइनलमा च्यारिटी क्वीन, इको ड्रेस राउण्ड, ब्ल्याक ड्रेस राउण्ड, इन्टरभ्यू राउण्ड र पब्लिक भोटिङ गरि ५ राउण्ड भएको थियो। तिनै राउण्डको आधारमा अन्तिम ५० जना सुन्दरीहरुले फाइनलमा भिड्नेछन्।
हङकङमा जन्मिएकी २६ वर्षीया प्रतिष्ठा बेलायतस्थित शडवरीमा बस्दै आएकी छन्। भूपू ब्रिटिस गोर्खा प्रकाश राउत र मिना राउतकी एक्ली छोरी उनले १६ वर्षमै मोडलिङ थालेकी थिइन्।