१५ बैशाख २०८१, शनिबार
Follow Us

बालुवा उत्खननका कारण ककनीको कोल्पुमा दुईको ज्यान गयो

नेपालब्रिटेन डट कम्
२८ श्रावण २०७६, मंगलवार ०५:४०

नुवाकोट । ककनी गाउँपालिकाको कोल्पु खोलामा खाल्डोमा डुबेर दुई जनाको ज्यान गएको छ । स्थानीय खोलामा बालुवा उत्खनन गरेर छाडेको खाल्डोमा डुबेर दुई जनाको ज्यान गएको हो ।
नुवाकोट जिल्ला ककनी गाउँपालिका वडा नं. १ स्थित कोल्पु खोलामा डुबेर ज्यान गुमाएका मध्ये एक जना स्थानीय १३ बर्षकी बिनिता बलामी रहेकी छिन् । यस्तै अर्को सिन्धुली जिल्ला फिक्कल गाउँपालिकाकी ३५ बर्षिय लक्ष्मी तामाङ रहेकी छिन् ।
बिनिता बलामी नुहाउन जाने क्रममा बालुवा झिकेको खाल्डोमा परेर डुबेकी थिईन् । उनलाई बचाउन सँगै रहेकी लक्ष्मी तामाङ पनि बचाउने क्रममा डुेबको प्रत्यक्षदर्शी स्थानीयहरुले बताएका छन् । गाउँपालिका र वडा कार्यालयकै मिलेमतोमा बालुवा उत्खनन् कार्य हुदै आएको थियो ।
ज्यान गुमाएका दुई शबलाई वालुका उत्खनन् गर्ने ब्यक्ति मोहन कृष्ण श्रेष्ठको बालुवा भण्डारण र स्काभेटरसँगै राखेर प्रदर्शन जारी राखेको छ । खोलामा बालुवा झिक्न नपाउने माग सहित स्थानीयले प्रशासन र वडा कार्यालयको विरोध गरिरहेको छ ।
सोबार साँझ ५ बजेर ४५ मिनेटको उक्त घटनालाई लिएर यतिखेर कोल्पुखोलामा तानावपूर्ण अवस्था सिर्जना भएको छ । स्थानीयले क्षतिपूर्तिको माग सहित बालुवा उत्खनन् कार्य तत्काल बन्द गर्नुपर्ने माग राखेका छन् । स्थानीय प्रशासनका अनुसार वडा अध्यक्ष चन्द्र बहादुर श्रेष्ठ बलामी सहितको स्काभेटरहरुले बालुवा उत्खनन् गर्दै आईरहेको बुझिएको छ । घटना घटेको ठाउँमा स्थानीय मोहनकृष्ण श्रेष्ठले बालुवा उत्खनन् गर्दै आईरहेका छन् । उनको स्काभेटरमा भने स्थानीयले कुनै क्षति पु¥याएका छैनन् । घटनाको ज्जिमा मोहनकृष्ण श्रेष्ठले नलिएसम्म शब नबुझ्ने भन्दै अहिले विरोध भईरहेको स्थानीय दिपक बलामीले घटनास्थलबाट जानकारी दिएका छन् ।