१५ बैशाख २०८१, शनिबार
Follow Us

शालिकराम आत्महत्या प्रकरणः भिडियो रेकडिगं र आत्महत्याको मिति मिलेन, रवि र्निदोष (भिडियो)

नेपालब्रिटेन डट कम्
३१ श्रावण २०७६, शुक्रबार २०:०६

काठमाण्डौं ।शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरीले नियन्त्रण गरेका संचारकर्मी रवि लामिछाने र युवराज कंडेललाई थप अनुसन्धान गर्न चितवन जिल्ला अदालतले पाँच दिनको म्याद थप गरेको छ ।

प्रहरीले १० दिनको म्याद मागेको भएपनि अदालतले पाँच दिन मात्र म्याद थपेको हो । संचारकर्मीद्धयलाई हिजो प्रहरीले न्युज २४ टेलिभिजनकै कार्यालय परिसरबाट प्रहरीले नियन्त्रणमा लिएर राती नै चितवन पु-याएको थियो । हिजो राती नै चितवन पु-याई आज म्याद थप गर्न लग्ने बेलामा समर्थकहरुले जिल्ला प्रहरी कार्यालय अगाडी प्रदर्शन गरी रिहाईको माग गर्दै नारावाजी समेत भएको थियो ।

शुक्रवार चितवन अदालतमा भएको बहसमा लामिछाने पक्षका वकिलले भिडियो रेकडिगं र आत्महत्याको मिति नमिलेको दावी गरेका छन् । उनीहरुले वादीले प्रस्तुत गरेको प्रमाण नपुगेको वताए । सरकारी वकिलले १० दिन थुनामा राख्न माग गरे पनि अदालतले ५ दिन मात्र दिएको थियो ।