१५ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएन बेल्जियमको अध्यक्षमा चित्र सुवेदी सर्वसम्मत

नेपालब्रिटेन डट कम्
१ भाद्र २०७६, आईतवार २२:४०

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमको अध्यक्षमा चित्र सुवेदी सर्वसम्मत अध्यक्ष चयन भएका छन् । गैरआवासीय नेपाली संघ बेल्जियमको आइतवार सम्पन्न साधारणसभामा सुवेदीको एक मात्र उम्मेदवारी परे पछि सर्वसम्मत भएका हुन् ।

कार्य समितिको उापध्यक्षमा अनुजा प्रधान आङमाया लामा, खद्क केसी, गंगा शर्मा, घनश्याम काफ्ले , नारायण सिलवाल र महिला उपाध्यक्ष हरी भट्टराई चयन भए । संघको आईसिसी सदस्यमा सुबाश जोशी र कमल पन्थी निर्विरोध भएका छन् ।

महासचिबमा तिर्थ धमला, सचिबमा कर्ण अधिकारी, जनक सुबेदी र दिपक न्यौपाने छन भने कोषष्ध्यक्षमा प्रकाश गिरी, सहकोषाध्यक्षमा जिबन शर्मा, महिला सन्योजकमा शुशिला खतिवडा, युबा सन्योजकमा काशी दनाइ, सदस्यहरुमा कुलबहादुर कार्की लुभेन, सुमन बराल एन्टवेरपेन, दौलत कुमार साम्ब ब्रुज, ज्ञानेन्द्र घिमिरे गेन्ट, सुबाश भट्ट ब्रुसेल, कुम शाही सेन्त्रुदिन, ओस्टेन्डे भरत पन्त चयन भएका छन ।
खुल्ला सदस्य तर्फ मदन डवाडी, सुजन ढकाल , मिनदोर्जे थापा, चेत नारायण दाहाल , राम प्रशाद शर्मा, कमल सितौला र महिला सदस्यमा गीता लामा, रस्मिना गिरी राजभन्डारी, सरस्वती सुबेदी सर्बसम्मत भए ।
यस् अघी भएको संस्थाको सातौ अधिबेशनको उद्घाटन् नेपालको संघिय संसदको राज्य ब्यबस्था एबm सुशासन समितिकी सभापती शशी श्रेष्ठले गरेकीथिइन् ।

अधिवेशनमा पूर्व मन्त्री वीर बहादुर बलाएर, लीलामनी पोख्रेल , बेल्जियमका लागि नेपाली राजदुत लोक बहादुर थापा, आईसिसी उपाध्यक्ष कुमार पन्त , सचिब जनकी गुरुङ , युरोप संयोजक शिव बरुवालले लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

एनआरएनए बेल्जियम अध्यक्ष लोक दाहालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिब आङमाया लामाले गरेका थिए ।

गैर आवासीयय नेपाली संघ बेल्जियमले पहिलो अधिबेशन पछी सातौ अधिबेशनमा आएर सर्बसम्मत नेत्रित्व चयन् गर्न सफल भएको हो ।