१६ बैशाख २०८१, आईतवार
Follow Us

सुर्खेतमा बस दुर्घटना : तीनको मृत्यु, २८ जना घाइते

sarusaru
११ भाद्र २०७६, बुधबार १३:०८

सुर्खेत : सुर्खेतमा यात्रुबाहक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। पश्चिम रुकुमको आठबिसकोट नगरपालिका राडीबजारबाट नेपालगञ्ज जाँदै गरेको ना ४ ख ९३१७ नम्बरको रात्री बस दुर्घटना भएको हो। सुर्खेतको हर्रे नजिक बुधबार बिहान भएको दुर्घटनामा २८ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रवि रावलकाअनुसार घटनास्थलमा एक जना र कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा दुई जनाको मृत्यु भएको छ। बस सडकबाट करिब एक सय ५० मिटर तल खसेको हो। घाइतेमध्ये ६ अवस्था गम्भीर रहेको छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ।

कोहलपुर मेडिकल कलेजमा घाइतेहरुको उपचार हुँदै।

अन्नपूर्ण पोष्ट