१५ चैत्र २०८०, बिहीबार
Follow Us

जातिय कुरा गर्नु संकुचीत भावना भयो: पुनम गुरुङ, अध्यक्ष (उम्मेदवार) एनआरएन युके (भिडियो)

नेपालब्रिटेन डट कम्
११ भाद्र २०७६, बुधबार १६:५३

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेकी अध्यक्ष पदको लागि प्रत्यासी पुनम गुरुङले २१ औ शताब्दिमा आएर जातिय कुरा गर्नु संकुचीत भावना भएको वताएकी छन् ।

उनले वेलायतस्थित चर्चित पत्रकार ध्रुवराज अर्यालसंगको एनआरएन विशेष कार्यक्रममा दिएको अन्तरवार्तामा आफुले कुनै पनि प्यानल नबनाएको तर केही सहयोगीहरु साथमा राखेर चुनाव प्रचार गरेको वताइन् ।

उनले एनआरएन युकेमा विगत २ वर्ष पूर्णरुपमा समय दिएर केही गर्न सक्छु भनेर प्रमाणित गरेको वताएकी छन् । उनले अध्यक्षमा निर्वाचित भए पछि आफ्नो घोषणापत्र अनुरुप काम गर्ने प्रतिबद्धता जनाइन् । उनले वेलायतमा एनआरएनएको कार्यालय स्थापना गर्ने घोषणा समेत गरिन् ।

हेरौं गुरुङसंग गरिएको कुराकानी