१६ बैशाख २०८१, आईतवार
Follow Us

नबिल बैंकको एटीएमबाट रकम निकाल्ने चिनियाँ पक्राउ

नेपालब्रिटेन डट कम्
१६ भाद्र २०७६, सोमबार १४:०८

काठमाडौँ– नबिल बैंकको एटीएमबाट रकम निकाल्ने चिनियाँ नागरिकमध्ये भागेका २ जनाबारे प्रहरीले थप तथ्य फेला पारेको छ ।
प्रहरीले शनिबार एटीएमबाट रकम निकाल्ने ५ जनालाई पक्राउ गरेको थियो भने सो समूहका अन्य तीन जना भागेका थिए ।
यस्तै भागेकाहरुमध्ये २ जनाले काठमाडौको डेक्सो मनि चेन्जरबाट २९ लाख रुपैयाँ साटेको तथ्य फेला परेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौका डिएसपी होविन्द्र बोगटीले यसबारे थप अनुसन्धान भइरहेको जनाए ।
यसैबीच भागेकामध्ये एक जनालाई प्रहरीले सोमबार विमानस्थलबाट पक्राउ गरेको छ ।