२४ बैशाख २०८१, सोमबार
Follow Us

पर्यटन मन्त्री शाहीलाई वेलायत कांग्रेसले सम्मान गर्ने

नेपालब्रिटेन डट कम्
२४ कार्तिक २०७३, बुधबार १७:२६

लन्डन । वेलायत भ्रमणमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनबहादुर शाहीको सम्मानमा नेपाली जनसम्पर्क समिति वेलायतले एक कार्यक्रमको आयोजना गर्ने भएको छ । समितिका कार्यवाहक सभापति युवराज गुरुङका अनुसार आगामी आइतवार लन्डनस्थित नर्थोलमा मन्त्री शाहीको सम्मानमा सो कार्यक्रमको आयोजना गरिन लागिएको हो । दिउँसो १ बजेबाट शुरु हुने सम्मान तथा अन्तरकृयाका कार्यक्रममा उपस्थित हुन नेपाली जनम्पर्क समितिले वेलायतवासी नेपाली समूदायलाई आग्रह गरेको छ । मन्त्री शाही वेलायतमा भैरहेको एक पर्यटन सम्बन्धी अन्तराष्ट्रिय कार्यक्रममा भाग लिन बेलायत आएका हुन् ।