१८ बैशाख २०८१, मंगलवार
Follow Us

राष्ट्रपति सीको सुरक्षामा खटिएकालाई दैनिक ३०० भत्ता

नेपालब्रिटेन डट कम्
२७ आश्विन २०७६, सोमबार ०१:३७

काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमण सुरक्षा र कार्यक्रमको व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी र कर्मचारीले खाजा खर्चवापत् दैनिक ३०० रुपैयाँ भत्ता पाने भएका छन् ।
विशेष सुरक्षा कार्ययोजनाअनुसार तैनाथ सेना, प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र निजामति कर्मचारीका लागि विविध शीर्षकअन्तर्गत दैनिक ३०० भत्ता ३ दिनको खाजा खर्च दिन लागिएको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।
सीको सुरक्षामा चारै सुरक्षा निकाय र कर्मचारी गरी करीब १६ हजार जनशक्ति खटिएका थिए ।