२३ बैशाख २०८१, आईतवार
Follow Us

नेवार समूदायले म्हः (आत्म) पूजा गर्दै

नेपालब्रिटेन डट कम्
१२ कार्तिक २०७६, मंगलवार ०२:१३

काठमाडौं । आजको दिन नेवार समुदायमा म्हः (आत्म) पूजा गरिँदैछ । कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका मानिसले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् । यसवर्ष सोमबार र मङ्गलबार दुई दिन प्रतिपदा तिथि परेको थियो । एकथरी नेवार समुदायले सोमबार म्हः (आत्म) पूजा गरेका छन् । अर्काथरीले भने मङ्गलबार गर्दैछन् । मङ्गलबार नयाँ वर्ष मनाएर आत्मपूजा गर्नेले बुधबार भाइटीका गर्ने जानकारी गराएका छन् । यस अवसरमा बुधबार पनि सरकारले सार्वजनिक बिदा दिएको छ ।

मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।

आत्म सन्तुष्ट बनाई खुशी राख्न सके देवीदेवता पनि प्रसन्न भई आशिर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वास समेत छ ।