२० बैशाख २०८१, बिहीबार
Follow Us

प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या, चेकजाँचका लागि अस्पताल भर्ना

नेपालब्रिटेन संवाददाता
१३ कार्तिक २०७६, बुधबार ०८:१३

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएपछि चेकजाँचका लागि धापासीस्थित ग्राण्डी अस्पताल पुगेका छन् । उनको अस्पतालमा स्वास्थ्य परीक्षण भइरहेको छ । चिसोका कारण स्वास्थ्य समस्या देखिएपछि अस्पताल पुगेका हुन् । अस्पताल पुगेका प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षण भइरहेको छ।

परीक्षणको रिपोर्ट आएपछि मात्रै बालुवाटर फर्किन चिकित्सकले सुझाव दिएका छन् । प्रधानमन्त्रीको सचिवालयले भने नियमित स्वास्थ्य जाँचका क्रममा प्रधानमन्त्री ओली अस्पताल गएको जनाएको छ । असग्लन राष्ट्रका प्रमुखहरुको सम्मेलनमा सहभागी हुन जानुअघि पनि प्रधानमन्त्री ओलीले ग्राण्डी अस्पतालमा नै स्वास्थ्य परीक्षण गराएका थिए । एक महिनाअघि प्रधानमन्त्रीले सिंगापुरमा स्वास्थ्य परीक्षण गराएका थिए ।