६ बैशाख २०८१, बिहीबार
Follow Us

सबैलाई समेट्न सक्ने क्षमता मसंग छ

नेपालब्रिटेन डट कम्
२ मंसिर २०७३, बिहीबार ०८:४१

नेपाल तरुण दलको पोखरामा सम्पन्न चौथो महाधिवेशनले जुझारु नेता जीतजंग बस्नेतलाई सर्वसम्मत अध्यक्ष पदमा निवार्चित गरेको छ । तरुण दलको ०५४ सालमा पुनःस्थापना भएयता चार वटा महाधिवेशन सम्पन्न भएका छन् । जसमध्ये दुई वटा महाधिवेशनमा सर्वसम्मत रूपमा नेतृत्व चयन भएको छ । नेपाली कांगे्रसको मुख्य भ्रातृ संस्थाका रूपमा रहेको तरुण दलमा सर्वसम्मत नेतृत्व चयन गर्न पार्टीका शीर्ष नेताको तहबाटै गृहकार्य भएको थियो । लामो समय विद्यार्थी राजनीतिमा बिताएका र पार्टी रानीतिमा पनि उत्तिकै सक्रिय तथा अनुभवी नेता बस्नेतका नाममा पार्टीका सबै शिर्ष नेताहरुको सहमति रहेका कारण नेपाल तरुण दलको लागि आगामी यात्रा सहज देखिए पनि चुनौतीका भने पहाडनै छन् । यसै सन्दर्भमा सहकर्मी प्रकाश थापाले नवनिवार्चित अध्यक्ष बस्नेतसँग गरेको कुराकानीः

अब तरुण दललाई कसरी हाँक्नुहुन्छ ?
सर्वप्रथम त म सबै नेताहरु, सबै तरुण साथीहरुलाई धन्यवाद दिन चाहन्छु । जसले सर्वसम्मत ढंगले सहमतीको प्रक्रियामा ल्याएर आज हामी पदाधिकारी साथीहरु नेतृत्वमा आउन पाएका छौँ । त्यसका लागि मुरीमुरी धन्यवाद दिन चाहन्छु । साच्चै तरुणका लागी आगामी दिनहरु धेरै चुनौतीमय छन् । मेरो काँधमा त्यी धेरै चुनौतीहरु आएका छन् । तरुण दलले अबदेखि अन्याय अत्यचार र भ्रष्ट्रचारको विरुद्धमा लड्ने छ । समाजमा देखिएको बिकृती विसंगतीलाई चिर्नेछ । यतिखेर पार्टी जसरी एकताबद्ध रुपमा अगाडी बढ्न खोजेको छ । त्यसलाई अझ सहमती र सहकार्यको आधारमा एकताबद्ध गराउने जिम्मेवारी तरुण दलको हो । मुख्यतः पार्टीलाई एकजुट गराउने हो । जुन एकजुटको माध्यमद्धारा संविधानलाई कार्यन्वयन पनि गर्न सक्छौ र स्थानीय निर्वाचनमा बढि भन्दा बढि सिट जितेर हामी सबभन्दा ठूलो पार्टी बन्न सक्छौं ।

पार्टी एक छ है भन्ने सन्देश दिनको लागि अब कसरी मिलाएर जानुहुन्छ ?
कुरा के हो भने पार्टी सभापति शेरबहादुर देउवाले जितिसकेपछि के भन्नुभयो भने – भातृ संगठनको अधिवेशन दश वर्षसम्म पनि हुन सकेन, सम्पुर्ण भातृ संगठनको अधिवेशन हुनुपर्छ र नयाँ नेतृत्व आउनुपर्छ भनेर । ®, उहाँले महाधिवेशनका लागी पहिलो मिटिङद्धारा ६ महिनाको म्यान्डेड दिनुभयो । त्यो ६ महिनाको बिचमा भातृ संगठनले अधिवेशन गर्ने भनियो । त्यहि अनुरुप नेपाल विद्यार्थी संघले पनि अधिवेशन गर्यो । ऊ निर्वाचनको प्रक्रियामा गयो । महिला संघले पनि अधिवेशन गर्यो । ऊ पनि निर्वाचनको प्रक्रियामा गयो । त्यसमा केही अन्यौंलताहरु देखियो । संगठन चलाउन गाह्रो देखियो । नेताहरुका विचमा पनि हार र जीतका सवाल आए । अलि संगठन चलाउन कठिन भएको हुनाले नेताहरु एकजुट भएर के भन्नु भयो भने – त्यो तरुणको आवाज हो । तरुल दलका साथीहरुले के भने भने अब संगठन एकजुटका साथ चलाउनुपर्यो । तेरो र मेरो भन्नु भएन । गुट र उपगुटमा विभाजित गर्नुभएन । राष्ट्र नै सहमतिको आधारमा जानुपर्छ भन्ने मान्यता राख्ने हाम्रा नेताहरु आफ्नो संगठनमा पनि एकताबद्ध हुनुपर्यो र सहमतीको आधारमा चलाउने विधिको अनुसार सर्वसम्मत ढंगले तरुण दलको महाधिवेशन लाग्नुपर्छ, भन्ने आवाज तरुण दलका साथीहरुको थियो । त्यही आवाज बुलन्द भयो । त्यहि आवाज नेताहरु कहाँ पुग्यो । नेताहरुलाई पनि एउटा रियलाइज भयो कि सर्वसम्मतीको आधारमा अब नेतृत्व चयन हुनुपर्छ । सहमतीको आधारमै कार्यसमिति बन्नुपर्छ । एक ढिक्काका साथ जुनै पनि समाजमा देखिएको राष्ट्रमा देखिएको चुनौतीहरु युवाहरुले नै चिर्ने हो । त्यो भएर सहमति हुनुपर्छ भन्ने म्यान्डेटका आधारमा आज सहमती भएको हो । मेरो के छ भने, तेरो र मेरो भन्ने पक्षमा छैन, मलाई एकताबद्ध रुपमा सबै नेताहरुले समर्थन गरेर पार्टी सभापतिले प्रस्ताव गर्नुभयो । सबै नेताहरुले समर्थन गरेर म यो ठाउँमा आएको छु । म एकताबद्ध रुपमा संगठनलाई ठूलो बैचारिक रुपमा लड्न सक्ने, बैचारिक रुपमा भिड्न सक्ने, समाजमा देखिएका कुरितीलाई चिर्न सक्ने र युवाहरुका आवाजहरुलाई बुलन्द गर्न सक्ने, समाजमा देखिएका बिकृति विसंगतिलाई चिर्न सक्ने, र एउटा युवाले पनि, समाजमा भएका व्यक्तिले पनि, एउटा हाम्रो लागि बोल्दो रहेछ यो संगठन । हाम्रो लागी बोल्दो रहेछ हाम्रो लागी आवाज उठाउँदो रहेछ, भन्ने देशको सबैभन्दा ठूलो संगठन बनाउन म चाहन्छु ।

अब केन्द्रिय समितिले कहिलेसम्म पूर्णता पाउँछ त ?
केन्द्रिय समिति चाँडो भन्दा चाँडो पूर्णता पाएँछ । निर्देशन समिति, नेताहरु र हामी बीचमा सहमती गरेर यो केन्द्रिय समितीले छिट्टै पूर्णता पाउदैछ ।

यो परिस्थितीमा काम गर्न कत्तिको सहज होला जस्तो लाग्छ यहाँलाई ?
मैले राजनीति गरेको झण्डै २८ देखि ३० वर्ष भइसकेको छ । राजनीति नेपाली कांग्रेसले गर्यो । नेपाली कांग्रेसको म ३-३ चोटी महाधिवेशन प्रतिनिधि पनि भइसकेको व्यक्ति र मेरो सम्पूर्ण जीवन नै नेपाल विद्यार्थी संघको लागी दिए । विभिन्न ठाउँमा बसेर मैले मेरो जिम्मेबारी पुरा गरेको छु । मसंग अनुभव छ, आँट छ, जाँगर छ, म साथीहरुलाई समेटेर काम गर्न सक्छु । म संगठनलाई दरिलो, चुस्त दुरुस्थ बनाउन सक्छु । म इमानदारिताका साथ काम गर्छु । र, मसंग सबैलाई समेट्न सक्ने क्षमता पनि छ, इमान्दारिता पनि छ । इमान्दारिता नै हो सबैभन्दा ठूलो बल हो । त्यही बलको आधारले म संगठनलाई हाँक्न सक्छु । र, यो नेपाली कांग्रेसको भातृ संगठन भएकाले कांग्रेसको हितको लागी अहोरात्र खट्छु । अहिले एउटा पोष्ट चै चेन्ज भएको छ । प्रजातन्त्रबाट लोकतन्त्रमा जाने भने जस्तो एउटा पोष्ट चै चेन्ज भएको छ । त्यो पोष्टलाई चै म अगाडी बढाउन चाहन्छु । मलाई संगठनको अनुभव छ । साथीभाइले पनि सहयोग गर्नुहुन्छ । सम्पूर्ण नेताहरुले पनि सहयोग गर्नुहुन्छ । मैले संगठन ड्राइभ गर्न सक्छु ।

संविधान कार्यन्वयन र आगामी चुनावमा तरुण दलको भूमिका कस्तो हुन्छ ?
सबैभन्दा ठूलो कुरा भनेकै हाम्रो संविधान कार्यान्वयन र स्थानिय निकायको चुनावको कुरा हो । त्यही भएर तरुण दलको अधिवेशन हामीले भव्य रुपले उद्घाटन गर्यौ । सभ्य रुपले बन्द सत्रमा गयौ । बन्द सत्रबाट पनि यही आवाज उठेको हो । पार्टीमा गुट देखियो, उपगुट देखियो । निर्वाचनको प्रक्रियामा हारिन्थ्यो । सहयोग गर्ने र जित्नेले पेलेर लग्ने । त्यही भएको हुनाले अब होइन पार्टीलाई एकजुट बनाउन हाम्रो अधिवेशन सहमतिको आधारमा जानुपर्छ । सर्वसम्मत रुपबाट नेतृत्व चयन हुनुपर्छ भन्ने आधार देखियो । त्यही आधार अनुरुप यो परिणाम आएको छ । अर्को कुरा के हो भने हामी युवा शक्ति तरुण दल हामी एकजुट भएर अगाडी बढ्यौ भने हामी पार्टीका नेताहरुलाई पनि र राजनीतिमा विभिन्न दलहरु देखिएका छन् । संविधान कार्यान्वयन गर्न चुनौती बनेका छन् । विभिन्न ठाउँठाउँबाट आ–आफ्नो अवधारणा बनाएर संविधान कार्यान्वयन गर्न चुनौती दिएका छन् । नयाँ बाटोमा लग्छ सकिन्छ । त्यो भएको हुनाले हामीले पार्टीलाई पनि सहयोग गर्दै स्थानिय चुनावमा सबभन्दा ठूलो दलको रुपमा हामी स्थापित गर्न सक्छौ ।

यो संविधान कार्यान्वयन र स्थानिय निकायको चुनावका लागी केहि योजना बनाउनुभएको छ ?
अहिले त केन्द्रिय समितिले पूर्णता पाउदै छ । संविधान कार्यान्वयन र स्थानीय निकायको चुनावका लागी हामीले बन्द सत्रमा केही निर्णयहरु गरेका छौ । त्यो निर्णयहरुमा पनि हामीले सबै जनासँग छलफल गरेर त्यही अनुरुप जादैँ छौ । हामी सात वटै प्रदेशमा छलफल चलाउने छौ । छलफल चलाएर उहाँहरुलाई एकजुट गराएर पिर मर्का दुखमा आवाज उठाउँने शक्ति तरुण दल नै हो भनेर देशमा चिनाउन चाहन्छौ ।

बन्दसत्रमा के के भयो, के के कुरा उठे ?
बन्द सत्रमा निर्वाचन गर्ने कि सहमतिमा जाने भन्दाखेरि सम्पूर्ण साथीहरु सहमतिको आधार खोज्नुपर्छ भन्ने तर्फ लागे । हाम्रो आगामी एजेन्डाहरु तयार गरेका छौं । हामीले हामीले पछिका दिनमा निर्वाचन समिति, निवर्तमान कमिटी र वर्तमान कमिटी गरेर पत्रकार सम्मेलन गरेर जे–जे पास गरेका छौ त्यो पास गरेका कुराहरु बाहिर ल्याउने निर्णय गरेका छौं ।

बन्द सत्रले भावि एजेन्डाहरु के के पास गर्यो ?
संविधान कार्यान्वयन गर्ने एउटा एजेन्डा । एउटा गतिशिल, विकशित देश बनाउने । धनि राष्ट्र बनाउने हामी त्यसमा लाग्छौ । स्थानिय निकायको चुनावमा नेपाली कांग्रेसलाई जिताउन अहोरात्र लागी पर्नेछौं ।