९ कार्तिक २०८२, आईतवार
Follow Us

उपेन्द्र यादव र इस्तियाक राईले दिए मन्त्री पदबाट राजीनामा

नेपालब्रिटेन संवाददाता
८ पुष २०७६, मंगलवार १६:०९

काठमाडौं । उपेन्द्र यादवले उपप्रधान एवं कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदबाट राजीनामा दिएका छन् । यादवसँगै सहरी विकासमन्त्री मो. इस्तियाक राइले पनि पदबाट राजीनामा दिएका छन् ।

सरकारमा जाँदा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग भएको दुई बुँदे सहमति कार्यान्वयन नभएपछि मन्त्री यादवले मंगलबारबाटै लागु हुने गरी राजीनामा दिएका हुन् । त्यस्तै मन्त्री राईले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिएका हुन् ।

सरकारमा जाँदा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग भएको दुई बुँदे सहमति कार्यान्वयन नभएपछि मन्त्री यादव र राईले मंगलबारबाटै लागु हुने गरी राजीनामा दिएका हुन् ।

धेरै पढिएको