२० बैशाख २०८१, बिहीबार
Follow Us

कांग्रेस केन्द्रीय समितिको बैठक पौडेल पक्षले आज पनि बहिष्कार गर्ने

नेपालब्रिटेन संवाददाता
११ पुष २०७६, शुक्रबार ०६:०१

काठमाडौं । संस्थापन र बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको आन्तरिक विवादका कारण पटक पटक स्थगित हुँदै आएको कांग्रेस केन्द्रिय समितिको बैठक आजका लागि बोलाइएको छ । दिउसो एक बजे पार्टी कार्यालय सानेपा ललितपुरमा केन्द्रिय समितिको बैठक बोलाइएको हो । विभाग गठन, नेविसंघ लगायतमा भागवण्डा नमिल्दा हिजोका लागि निर्धारण गरिएको बैठक आजका लागि सारिएको हो ।

सहमति जुट्न नसकेपछि केन्द्रिय समिति बैठक चारपटकसम्म स्थगित भैसकेको छ । गत मंसिर २६ गतेबाट सुरु बैठकमा सभापति शेरबहादुर देउवाले प्रस्तुत गर्नुभएको ९ वटा एजेण्डाका अधिकांश बुँदामा असहमति जनाउँदै संस्थापन इतरपक्षले बैठक बहिस्कार गर्दै आएको छ ।

सभापति देउवाले आफुखुशी विभाग गठन, भातृ संस्थाको नेतृत्व लिन खोजेको भन्दै अन्य नेतादले महाधिवेशन कार्ययोजना माग गर्दै आएका छन । केही विषयमा सहमति भएपनि विभाग गठन, नेविसंघको भागवण्डा लगायतका दुबै समूहविच कुरा मिल्न सकेको छैन ।