२० बैशाख २०८१, बिहीबार
Follow Us

महाधिवेशन समयभित्रै हुनुपर्छ : डा. कोइराला

नेपालब्रिटेन संवाददाता
१४ पुष २०७६, सोमबार ११:१७

मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपाली कांग्रेसको महाधिवेशन निर्धारित समयमै हुुनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा आज आयोजित पत्रकार भेटघाटमा उनले २०७८ साल चैतमा हुने स्थानीय तहको निर्वाचन अगाडि नै पार्टी महाधिवेशन आवश्यक रहेकोमा जोड दिए । केन्द्रीय सदस्य डा कोइरालाले पार्टी सभापतिले महाधिवेशनको मिति सार्न नहुने सुझाव दिँदै महाधिवेशनमा कार्यकर्ता एकभएर जाने विश्वास व्यक्त गरे ।