२१ बैशाख २०८१, शुक्रबार
Follow Us

गायक बुद्ध लामा र सागर आले कुर्दिस्तानमा

नेपालब्रिटेन डट कम्
१५ पुष २०७६, मंगलवार १६:२३

कुर्दिस्तान। नेपाल मगर संघ कुर्दिस्तान शाखा इराकले विशेष सांस्कृतिक कार्यक्रमकाबीच माघेसंक्रान्ति मनाउँदै छ । ‘विश्वभर रहेका सम्पूर्ण मगरहरूको एकता, जातिय पहिचान, भाषा, धर्म र संस्कृतिको संरक्षण र सम्वर्द्धन आजको आवश्यकता’ भन्ने नारासहित कुर्दिस्तान स्थित इर्बिल शहर नबरोज हलमा आगामी जनवरी १० शुक्रबारका दिन कार्यक्रमको आयोजना गरिएको छ ।

संघले उक्त कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। कार्यक्रमको विशेष आकर्षक रुपमा नेपाल आइडलका विजेता गायक बुद्ध लामा र गायक सागर आले कुर्दिस्तान आउने भएका छन् ।

कार्यक्रममा कुर्दिस्तानमा सम्पुर्ण नेपालीहरूलाई कार्यक्रममा उपस्थितिका लागि संघले निमन्त्रणा गरेको छ ।