७ बैशाख २०८१, शुक्रबार
Follow Us

बर्दिया ट्रक दुर्घटना, तीन जनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
१६ पुष २०७६, बुधबार ०४:१४

बर्दिया । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने बर्दिया राष्ट्रिय निकुञ्ज भित्र ट्रक दुर्घटना भएको छ । दुर्घटनाबाट ३ जनाको ज्यान गएको छ । ठाकुरबाबा नगरपालिकाको आम्बासादेखि झण्डै ६ किलोमिटर पश्चिम तर्फ निकुञ्ज भित्र पर्ने राजमार्गमा भएको दुर्घटनामा दुई महिला र एक पुरुषको घटनास्थलमै जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

भैरहवाबाट फलामे छड लोड गरि धनगढी तर्फ गईरहेको लु २ ख १०६८ नम्बरको ट्रक बुधवार विहान ४ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा ज्यान गुमाएका ट्रकका सहचालक र दुई महिलाको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ।