७ बैशाख २०८१, शुक्रबार
Follow Us

अब राष्ट्र बैंकको गर्भनर को ?

नेपालब्रिटेन संवाददाता
१७ पुष २०७६, बिहीबार ०५:१०

काठमाडौं । नेपाल राष्ट्र बैंकको गर्भनरका लागि ६ जना भन्दा बढी सक्रिय बनेका छन् । शक्ति केन्द्र धाउने पुरानै चलनलाई पछ्याउँदै गर्भनरका लागि दौड सुरु भएको छ । तीन महिना पछि हालका गर्भनर चिरञ्जीवी नेपालको पदावधि सकिदैछ ।

सरकारले वित्तीय नीति तर्जुमा गर्छ भने केन्द्रिय बैंकले मौद्रिक नीति । समग्र विक्तिय क्षेत्रको लेखाजोखा गर्ने केन्द्रिय बैंकको बहालवाला गर्भनर डाक्टर चिरञ्जीवी नेपालको आगामी चैत ५ गते कार्यकाल सकिदैछ । अवकासको एक महिना अघिनै गर्भनर विदामा बस्छने परम्परा छ ।

त्यसअवधिमा सिफारिस समिति गठन हुन्छ । हाल, राष्ट्र बैंककै अधिकारीहरु बाट २ जना, बाहिरबाट ४ जनाको नाम चर्चामा छ । बैंकभित्रबाट चिन्तामणि सिवाकोटी र कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठको नाम चर्चामा छ ।

त्यस्तै बाहिरबाट राष्ट्रिय योजना आयोगको पूर्व उपाध्यक्ष मीनबहादुर श्रेष्ठ, लगानी बोर्डका मुख्य कार्यकारी अधिकृत रहेको महाप्रसाद अधिकारी र आर्थिक विद् सुवोधकुमार कर्ण पनि गर्भनरका लागि कडा प्रतिष्पर्धामा देखिएका छन् । अर्थविद्हरु भने सरकारसँग समन्वय गर्ने तर, मुलुकको हितमा स्वयम् निर्णय क्षमता भएका गर्भनर बनाइनुपर्ने बताउँछन् ।

राष्ट्र बैंकको नेतृत्व बलियो नभए समग्र अर्थतन्त्र नै प्रभावमा पर्न सक्ने जानकारहरु बताउँछन् । समग्र वित्तिय क्षेत्रको सबल र उपयोगी बनाउन नयाँ नेतृत्वलाई चुनौती भने कम छैन ।