२९ बैशाख २०८१, शनिबार
Follow Us

राष्ट्रियसभा उम्मेदवार टुंग्याउन नेकपा आज पनि छलफलमा

नेपालब्रिटेन संवाददाता
१८ पुष २०७६, शुक्रबार ०५:५४

काठमाडौं । राष्ट्रियसभा सांसदका लागि सिफारिसका प्रमुख दलले आज पनि छलफल गदैछन । सत्तारूढ नेकपाको सचिवालय बैठक विहान आठ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । प्रधानमन्त्री ओलीले सूची एकलौटीरुपमा तयार गरि बैठकमा प्रस्तुत गरेको भन्दै केही नेताहरुले आपत्ति जनाएपछि हिजोको बैठक बिना निस्कर्ष टुंगिएको थियो ।

बैठकमा प्रस्तुत राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारको सूची एकलौटीरुपमा तयार गरिएको भन्दै माधव नेपाल र झलनाथ खनाल लगायत नेताहरुले आपत्ती जनाएका हुन् ।

बैठकमा राष्ट्रियसभा सदस्यका लागि १६ जना उम्मेदवारको सूची एकलौटी रुपमा प्रस्तुत भएको बताईएको छ । कांग्रेसले पनि उम्मेदवारी दिने विषयमा पदाधिकारी तहमा छलफल गर्दैछ । काग्रेस केन्द्रीय समितिले उम्मेदवार टुंग्याउने जिम्मेवारी पदाधिकारीलाई दिएको छ ।

आगामी माघ ९ गते हुने राष्ट्रिय सभाका रिक्त १८ सदस्य पदको निर्वाचनका लागि पुस २० गते मनोनयन दर्ता गर्ने कार्यतालिका छ। तर दलहरूले अझै उम्मेदवार तय गर्न सकेका छैनन ।

नेकपाले प्रदेश २ मा राजपासँग २–२ सिटमा तालमेल गर्ने निर्णय गरेको छ। नेकपा र राजपा तालमेल भएपछि सवै सिटमा दुवै दलका उम्मेदवार विजयी हुने निश्चित जतिकै छ । राष्ट्रिय सभा निर्वाचन भने माघ नाै गते हुँदैछ । निर्वाचनका लागि निर्वाचन आयोगले हिजो मतदाता नामावली प्रकाशन गरेको छ ।