१ जेष्ठ २०८१, मंगलवार
Follow Us

अष्ट्रेलियामा नेपाल भ्रमण वर्षको शुभराम्भ कार्यक्रम सुरक्षाकर्मीद्वारा अवरोध

नेपालब्रिटेन संवाददाता
२२ पुष २०७६, मंगलवार ०७:३०

सिड्नी । अष्ट्रेलियाको सिडनीमा नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसारका लागि र्‍याली निकाल्न प्रहरीले रोक लगाएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईको नेतृत्वमा आज विहान हुन लागेको र्‍यालीलाई सुरक्षाकर्मीले रोकेका हुन् ।

र्‍यालीका लागि अनुमति नलिएको तथा र्‍याली व्यवसायिक लाभका लागि भएको न्यू साउथ वेल्स प्रहरीले बताएको छ । र्‍यालीमा सहभागीहरुको संख्या ठूलो भएको र यसले पैदलयात्रीलाई अवरोध गर्ने भन्दै प्रहरीले ब्यानर विना सीमित सहभागीलाई मात्रै ओपेरा हाउससम्म जान दिएको थियो ।

र्‍यालीमा अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाल सहित अष्ट्रेलियामा बस्ने नेपालीहरुको सहभागिता थियो । आयोजकले सिडनी काउन्सिलसँग अनुमति नलिइ र्‍याली निकालेका कारण समस्या भएको अष्ट्रेलियामा बस्ने नेपालीले बताएका छन् ।