३० बैशाख २०८१, आईतवार
Follow Us

सर्लाहीका मिटरब्याजी यादव पक्राउ

नेपालब्रिटेन संवाददाता
२३ पुष २०७६, बुधबार १०:५३

हरिओन । सर्वसाधरणलाई ऋण दिँदा रजिस्ट्रेसन नै पास गरेर घरजग्गा नै कब्जामा राख्ने तथा लाख दिएर करोडको तमसुक बनाउने रामबाबु राय यादव प्रक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीले उनलाई सर्लाहीबाट पक्राउ गरेको हो ।

पीडितहरु समस्या सुनाउन महान्याधीवक्ताको कार्यालय सिंहदरबार पुगेका बेला त्यही रहेका आइजीपी सर्वेन्द्र खनालले समस्या सुनेका थिए । पीडितहरुको समस्या सुने लगत्तै पक्राउ गर्न निर्देशन दिएको र जिल्ला प्रहरी कार्यालय सर्लाहीले पक्राउ गरेको हो ।

उनी राजपाका केन्द्रीय सदस्य हुन् । उनी गत निर्वाचनमा बरहथवा नगरपालिकाको मेयरमा उम्मेदवार भएर दुई हजार नौ सय ९९ मतसहित तेस्रो भएका थिए ।